टर्की चराको शिकारमा निस्केका अमेरिकी पूर्वराष्ट्रपति कार्टर लडेर घाइते

जर्जिया । अमेरीकी पूर्वराष्ट्रपति जिम्मी कार्टनर लडेर घाइते भएका छन् । अमेरिकी नेशनल पब्लिक रेडियोको अनलाइन संस्करणका अनुसार टर्की चराको शिकारमा जान लागेका ९४ वर्षीय कार्टर घरमै लडेका घाइते भएका हुन् । 

उनको अहिले जर्जियाको फोइबे सम्टर मेडिकल सेन्टरमा उपचार भइरहेको र पत्नी रोजालिन पनि सँगै रहेको जनाइएको छ । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति थिए ।

उनलाई सन् २०१५ मा ब्रेन क्यान्सर भएको जनाइएपनि पछि ब्रेन स्कान गर्दा उपचारका क्रममा उनको क्यान्सर निको भएको देखिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै कार्टरको स्वास्थ्य अवस्थामा सुधारको कामना गरेका छन् ।

प्रतिकृया दिनुहोस