श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । श्रीलंकामा सरकारले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमाथी अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि भएको बम आक्रमणपछि सामाजिक सञ्जाल मार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो । 

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएप लगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् ।  

फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो । सरकारले हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...