यसरी भएको थियो चर्चित पत्रकार मिना मङ्गलको हत्या

काबुल ।  अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन् ।

विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन् ।प्रहरीले अनुसन्धान थालेको छ । तर उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन ।

शनिवार प्रकाशित एउटा वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ ।

अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका छन् ।

राजधानी काबुलमा उनको हत्या भएको थियो ।  मङ्गलले हालसालै आफ्नो फेसबुकमा आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको उल्लेख गरेको महिला अधिकारवादी वाज्मा फ्रोगले ट्विटरमा लेखेकी छन् ।

उनलाई दिइएका भनिएका धम्कीको प्रकृतिबारे धेरै जानकारी उपलब्ध छैन । तर एक प्रहरी प्रवक्ताले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै पारिवारिक झमेलाबारे पनि अनुसन्धान भइरहेको बताए ।

उनको हत्यापश्चात् अफगानिस्तानमा सामाजिक सञ्जालमा महिला हिंसाको स्तरबारे निकै चर्चा भएको छ । कतिपयले अफगानिस्तानमा महिलाविरुद्धका अधिकांश ठूला अपराधका घटना दिउँसै अनि काबुलको अतिसुरक्षित मानिने ग्रीन जोनमा हुने गरेको औँल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...