फेसबुक पोष्टमा विवादपछि श्रीलंका सरकारले फेरि लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध

कोलोम्बो । श्रीलंका सरकारले सद्भाव खलबलिने भन्दै फेरी समाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको जनाएको छ ।

आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।

वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय आतंकवादी समूह आइएसले जिम्मा लिएको सो घटनाबारे अहिले पनि त्रास कायम छ । फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...