बुरकीना फासोको एक चर्चमा आक्रमण, ६ जनाको हत्या

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक बुरकीना फासोको एक चर्चमा अज्ञात बन्दुकधारीहरुले आक्रमणमा गरि ६ जनाको हत्या गरेका छन् ।

प्रार्थनाको समयमा बन्दुकधारी चर्चभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा भागदौड मच्चिएको थियो । मारिनेमा एक पादरी पनि रहेका छन् ।

२० देखि ३० जनाको संख्यामा आएका हमलाकारीले आक्रमणपछि चर्चलाई जलाई दिएका छन् ।

हमला लगत्तै ती बन्दुकधारीहरुले नजिकैको स्वास्थ्य केन्द्रमा लुटपाटसमेत गरेका थिए ।

गत पाँच साताभित्र चर्चमा भएको यो तेश्रो आक्रमण हो । बुरकीनामा फासोमा सक्रिय लडाकु समूह अलकायदा, इस्लामिकसँग जोडिएका छन् ।

यो घटनाको जिम्मेदारी भने कसैले लिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...