आईसद्धारा भारतमा नयाँ शाखा विस्तार गरेको दाबी

काठमाडौँ । आतंकबादी संगठन इस्लामिक स्टेट (आईएस)ले भारतमा नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले यस्तो घोषणा गरेको हो ।

आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको छ,’ खतरनाक आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ लाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था पीटीआईले बताएको छ ।  

जम्मू–कश्मिरका एक वरिष्ठ पुलिस अधिकारीले भने आईएसको दाबीको खण्डन गरेका छन् । इस्लामिक चरमपन्थी समूहमाथि नजर राख्ने एसआईटीई इन्टेल ग्रुपकी निर्देशक रीता काट्जले भने, ‘आईएसआईएसले अमशिपुरामा भारतीय बलसँग झडपको दाबी गर्दै आफ्नो नयाँ हिन्द प्रान्त घोषणा गरेको छ ।’

गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...