भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैठौं चरणको मतदान हुँदै

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्र्तगत आज छैठौं चरणको मतदान हुँदैछ । ७ राज्यको ५९ सिटका लागि आज बिहानबाट नै मतदान सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशको १४, हरियाणको १०, बिहार, मध्य प्रदेश र पश्चिम बंगालको ८÷८, झारखण्ड र दिल्लीको सभै ७ सिटका लागि मतदान भइरहेको छ । छैठौं चरणको चुनावबाट समाजवादी पार्टीका पूर्व मुख्यमन्त्री अखिलेश यादव, कांग्रेस नेता दिग्विय सिंह, दिल्लीका पूर्व मुख्यमन्त्री शिला दिक्षित लगायतका नेताहरुको भाग्यको फैसला हुनेछ  ।

यसैबीच पश्चिम बंगालमा मतादन सुरु हुनु अगावै २ जनाको शम मतदान केन्द्रमा बरामद गरिएको छ । भारतीय जनता पार्टी र टीएमसीका कार्यकर्ताबीच भएको झडकको क्रममा दुई जनाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...