अमेरिका–इरान तनावः मिसाइल सहितका अमेरिकी वायु तथा जल युद्धपोत मध्यपूर्वमा परिचालित

बैशाख । अमेरिका र इरानको तनाव बढिरहेका बेला अमेरीकाले अमेरिकाले मिसाइल प्रणालीसहितका युद्धपोतहरू मध्यपूर्वमा पठाएको छ । केही दिनअघि मात्रै इरानलाई आणविक हतियार उत्पादनसम्बन्धी सम्झौता नतोड्न चेतावनी दिएको अमेरिकाले वायु तथा जल युद्धपोतहरु मध्यपूर्वमा पठाएको बिबिसीले जनाएको छ ।

बुधबार मात्रै अमेरिकाले इरानमाथि थप प्रतिबन्धहरु घोषणा गरेको थियो। अमेरिकाले युद्ध पोतमा मिसाइल प्रणालीसहित युद्धक विमानहरु र ठूलो मात्रामा हतियारहरु खाडी मुलुकमा पठाएको अनुमान गरिएको छ। शक्तिशाली वम वर्षक वायु यान युएस बी–५२ कतारमा अवतरण भइसकेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

कतारविरुद्ध नाकाबन्दीमा साँठगाँठ गरेको इरानलाई यसअघि अमेरिकाले परमाणु सम्झौता नतोड्न दबाब दिँदै आएको थियो  ।

उसलाई परमाणु सम्झौतामा सहभागी बेलायत, फ्रान्स र जर्मनीले समेत सम्झौता उल्लंघन गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

इरानका एक अधिकारीले भने अमेरिकाले इरानको मनोबल घटाउनका लागि हतियारसहितका विमान पठाए पनि आफूहरू नडराएको र आवश्यक परे जवाफ दिने चेतावनी दिएका छन्।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...