भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टियो, कम्तिमा ६५ जनाको मृत्यु

आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोग (युएनएचसिआर) ले जनाएको छ ।

युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो ।

युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए । सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ ।

पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ । ट्युनिसियाको नेभीले उद्धार गरि तटीय क्षेत्रमा ल्याएका आप्रवासीहरु अहिले डुंगाबाट उत्रिनका लागि अनुमतिको पर्खाईमा छन् ।

एकजनालाई भने उपचारका लागि अस्पताल पठाइएको छ । लिबियामा जारी हिंसाका कारण मानिसहरु असुरक्षित र अवैध बाटो अपनाएर युरोप प्रवेश गर्ने गरेका छन् । त्यसक्रममा धेरैको समुद्रमा डुबेर ज्यान जाने गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...