अमेरिकी अग्रसरतामा सिरियामा गोली चलाउँदा ७ जनाको मृत्यु

दमास्कस । सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ ।    

सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए ।इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ ।

  सिरियाली सरकारले हालैमात्र सिरियाको सबै भूभागलाई सिरिया सरकारको नियन्त्रणमा लिइने जनाएको थियो । एसडीएफ समेतका कुर्दिस समूहहरुलाई पनि सिरियालाई केन्द्रमा राख्न सरकारले आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...