बलिउडका नायक सलमान खान बिहे नै नगरी पिता बन्दै, को होलिन् त बच्चाकी आमा ?

मुम्बइ । बलिउडका युवा नायक नायिका विवाह बन्धनमा बाँधिने क्रम जारी छ भने फिल्मी क्षेत्रका ‘मोस्ट एलिजिबल ब्याचलर’ सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । थुप्रै वर्षदेखि प्रशंसकले सलमानलाई बारम्बार विवाह बारे प्रश्न सोधिरहेका छन् । सलमानको विवाहले निकै नै चर्चा पाउने गरेको छ ।

यसैबीच टाइम्स अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत् पिता बन्ने तयारीमा भएको पनि चर्चा छ । सलमान खान पिता बन्न लागेको खबरमा उनका प्रशंसकहरु उत्साहित छन् तर उनले सरोगेसीमार्फत् सन्तानलाई जन्म दिन लागेको खबरले उनको विवाहमाथि ठूलै प्रश्नचिन्ह उब्जिएको छ । यदि सलमानको तयारी साँचो हो भने के उनी अब जीवनभर अविवाहित रहलान ? सलमानले धेरैपटक आफू विवाहबाट भाग्ने गरेको जानकारी दिइसकेका छन् ।

 सलमान खानलाई बच्चाहरु निकै मनपर्छ । उनको आफ्नो खानदानको बच्चासँग निकै गहिरो लगाव छ । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘उनी राम्रो छोरा हुन्, राम्रो बुवा बन्न सक्छन् तर सायद राम्रो श्रीमान् बन्न नसक्लान् ।’ सायद आजकाल सेलिब्रिटीबीच भइरहेको सम्बन्धविच्छेदले पनि सलमानको मनमा डर पैदा गरेको हुनसक्छ । भाइ अरबाज खानको मलाइकासँग १९ वर्षपछि सम्बन्धविच्छेद भएपछि सलमान यसलाई ठूलो पाठ मान्छन् । एक च्याट शोमा सलमानले भनेका थिए, ‘विवाहपछि यस्तो हुन्छ भने म ब्याचलर नै ठिक छु ।’


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...