मेक्सिकोमा विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको छ ।  अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

सानो प्राइभेट जेट लास भेगासबाट आइतवार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा भेटिएको जनाइएको छ । कोआहुइला सरकारले वक्तव्य जारी गदै  कोही पनि जीवित नभेटिएको बताएको छ । 

स्थानीय टेलिभिजन  मिलेनियोले विमानका जलेका भग्नावशेषको तस्वीर प्रसारण गरेको थियो । विमानका टुक्रा डढेको जमीनमा छरिएका छन् । मेक्सिकोका सञ्चारमाध्यमले विमानका यात्रुहरू मेक्सिकन बक्सर साउल कनेलो आल्भारेज र अमेरिकी बक्सर डेनियल जेकब्सबीच लास भेगासमा भएको बक्सिङ हेरेर फर्किरहेका थिए ।

मारिने यात्रुहरू १९ देखि ५७ वर्षसम्मको भएको मेक्सिकन सञ्चारमाध्यमले जनाएका छन् । क्यानडाको बम्बार्डियर इन्कले उक्त जेट च्यालेन्जर ६०१ भएको बताएको छ र विमान मोनक्लोभा शहरबाट २८० किलोमिटर पर दुर्घटनामा परेको जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...