म्यानमारमा बन्दी बनाइएका रोयटर्सका दुई पत्रकार रिहा

म्यानमार । म्यानमार सरकारले रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ्ग गरेको भन्दै पक्राउ गरि जेल हालिएका दुई पत्रकार रिहा भएका छन् ।

समाचार संस्था रायटर्सका लागि म्यानमारबाट रिपोर्टिङ्ग गर्दै आएका पत्रकार वा लोन र केयब सिओ ओ रिहा भएका हुन् । गएका भदौ तेस्रो हप्ता म्यानमारको एक अदालतले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै अदालतले उनीहरुलार्ए सात वर्षका जेल सजाय सुनाएको थियो ।

अदालतको फैसलाको चौतर्फी विरोध हुँदै आएको थियो । ३३ वर्षका वा र २९ वर्षका ओ राष्ट्रपतिको निर्णय अनुसार जेलबाट रिहा भएका हुन् । उनीहरुले ५०० दिन भन्दा बढि जेलमा बिताए ।

प्रहरी अधिकारीले दिएको आधिकारिक कागजात लिएर फर्किरहेका बेला उनीहरुलाई सन् २०१७ को डिसेम्बरमा प्रहरीले पक्राउ गरेको थियो । दुवै पत्रकारले आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका थिए । यो घटनालाई म्यानमारको प्रेस स्वतन्त्रताको अवस्थासँग जोडिएर हेरिएको थियो ।

रिहा भएका वाले आफूले पत्रकारिता कुनै पनि हालतमा नछोड्ने बताएका छन् । उनले भनेका छन्, ‘म निकै खुशी छु र परिवार तथा सहकर्मीसँग भेट्नका लागि आतुर पनि छु । समाचार कक्षमा जानका लागि निकै उत्साहित छु ।’

म्यानमारको नयाँ वर्षका अवसरमा राष्ट्रपति कैदीहरु रिहा गर्ने चलन अनुसार उनीहरु रिहा भएका हुन् ।उनीहरुले गरेको रिपोर्टिङ्गका लागि गएको महिना सम्मानित पुलिट्जर पुरस्कार जितेका थिए । दुई पत्रकार प्रेस स्वतन्त्रताको ‘सिम्बोल’ बनेको रोयटर्सका इडिटर इन चिफ स्टिफन जे एड्लरले बताएका छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...