अफगानिस्तानको प्रहरी मुख्यालयमै तालिबानद्धारा आक्रमण

काठमाडौं । हतियारधारी लडाकूहरूले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरूले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री सहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् ।

प्रहरी अधिकारीहरूले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ।

उनीहरूले आक्रमणको भने पुष्टि गरेका छन्। आक्रमणकारीहरूले प्रहरी मुख्यालयनजिकै कारबम विस्फोटन गराएको प्रहरी अधिकारीहरूको भनाइ छ । विस्फोटनसँगै अन्य बन्दुकधारीहरूले पनि गोली प्रहार गरेका थिए । गोली हानाहान जारी रहेकाले थप विवरण आउन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...