समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा ५ जनाको मृत्यु, ६० घाइते

काठमाडौं  । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । उक्त आँधीमा परेर ६० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको बंगलादेशका अधिकारीहरुले बताएका छन् ।

बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो । आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । सो आँधीले भारतमा १६ जनाको ज्यान लिएको भारतीय संञ्चारमाध्यामले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...