रन वेबाट चिप्लेर विमान नदीमा खस्यो

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।

ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो ।

ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो । दुर्घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ । विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...