थाईल्यान्डमा सत्तरी वर्षपछि हुने राज्याभिषेक समारोह तीन दिनसम्म

थाईल्यान्ड ।  थाईल्यान्डले राजा महा वाचिरालङ्कनको तीनदिन लामो राज्याभिषेक समारोह शुरु गरेको छ । थाईल्यान्डमा लामो समय राज्य गरेका पूमिपोन अदून्यदेतको सन् २०१६ मा निधन भएपछि उनका उत्तराधिकारीका रूपमा महा वाचिरालङ्कनको काँधमा उक्त जिम्मेदारी आएको हो ।

महा वाचिरालङ्कनले केही दिनअघि आफ्नी लामो समयदेखिकी प्रेमिकासँग बिहे गरेको र उनी नै अब रानी सुटिडा वाचिरालङ्कन हुने आकस्मिक घोषणा थाई राजदरबारले गरेको थियो । थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ ।

राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ । थाईल्यान्डमा कडा कानूनहरू पनि छन् जसले राजपरिवारको आलोचना गर्न पाइदैन् । राज्याभिषेक राजनीतिक अनिश्चितताका बेला हुन लागेको छ ।

सन् २०१४ मा सैन्य कू पछि पहिलो पटक गत २४ मार्चमा आम निर्वाचन भएको थियो । तर नयाँ सरकार घोषणा भइसकेको छैन । कैयौं थाईहरू इतिहासको साक्षी बन्न तीव्र प्रतीक्षामा छन् । सत्तरी वर्षपछि त्यहाँ राज्याभिषेक हुन लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...