भारतको ओडिसामा ‘फानी’को प्रभाव सुरु

काठमाडौं । भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव सुरु भएको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा सुरु भएको छ ।


तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ ।


यो आँधी ओडिसामा स्थानीय समयअनुसार बिहान ८ बजे आइपुग्ने र मध्याह्न १२ बजेसम्म जारी रहनसक्ने त्यहाँका मौसमविद्हरुले बताएका छन् ।


यो बेला हावाको गति प्रतिघन्टा १७५ देखि १८५ किलोमिटर रहनसक्ने बताइएको छ । ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...