बेलायती रक्षामन्त्री गेविन विलियम्सन बर्खास्त

काठमाडौं । २०७६  बेलायतले रक्षामन्त्री गेविन विलियम्सनलाई बर्खास्त गरेको छ।  राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको भन्दै उनीलाई बर्खास्त गरिएको थियो।  सुचना चुहाएको विषयमा विलियम्सन छानबिनमा परेका थिए।

उनलाई दोषि पाइएकोले बर्खास्त गरिएको बिबिसीले उल्लेख गरेको छ।  विलियम्सन सन् २०१७ देखि रक्षामन्त्री थिए। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री टेरिजा मेले उनको क्षमता र उनीमाथिको भरोसा गुमाएको जनाएको छ। प्रधानमन्त्री मेले एनसीसीको बैठकको जानकारी चुहाउनु गंभीर र निराश गर्ने विषय भएको बताइन्।  

चीनको हुवावे कम्पनीको बेलायतमा फाइज–जी नेटवर्क तयार गर्न सहयोग गर्ने योजनाको विषयसम्बन्धी जानकारी चुहाएको आरोप छ। विलियम्सले भने कुनै जानकारी नचुहाएको दाबी गरेका छन्। पेनी मोरण्डट बेलायतको नयाँ रक्षामन्त्री बन्नेछन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...