भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परी १६ सुरक्षाकर्मीको मृत्य

माओवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो । 

गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ । केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो । 

महाराष्ट्र राज्यमा सरकारले राज्य स्थापना दिवस मनाइरहँदा घटना घटाइएको बताइएको छ । माओवादीहरुले भने गएको वर्षको अप्रिल २२ मा आफ्ना ४० कार्यकर्ताको सुरक्षाकर्मीबाट हत्या भएको स्मृतिमा एक हप्ता लामो विरोधका कार्यक्रम राख्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...