युवतीको मृत्युपछि तनावग्रस्त बन्यो कैलालीको लम्की बजार, प्रहरीसहित ७ जना घाइते

रबरको गोली लाग्यो लम्की क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा

कैलाली । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ । अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । जसकारण लम्की बजार तनावग्रस्त छ । बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन् । 

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए । सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र हवाई फायरसमेत गरेको छ । 

सोही क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ ।  झडपमा प्रहरी र आन्दोलनमा उत्रिएका स्थानीय गरी ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको कैलालीका एसपी आभुषण तिमल्सिनाले बताए ।

लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्कने क्रममा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिँदा रावलको घटनास्थलमा नै मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो । घटनापछि चालक फरार छन् । सडक सुचारुका लागि अहिले सर्वदलीय बैठक बसिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...