ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स एडिशन फोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ ।  ओप्पोले मार्वेल्ससंगको सहकार्यको ब्राण्डेड उत्पादन ‘ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स’एडिशन नेपाली बजारमा विक्री सुरु गरिएको छ । 

विक्रीको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो। कम्पनीका अनुसार अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुनु र विश्वभरका युवा जमातसंग सटिक संवाद गर्न ओप्पोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसंग साझेदारी तथा पहलहरु गरिरहेको हुन्छ ।

यस्तै साझेदारी तथा पहलको सटिक उदाहरणका रुपमा एफ१ १ प्रो मार्वेल्स एभेन्जर्स एडिशनलाई लिन सकिन्छ । धेरै ठूलो युवा जमातले प्रतिकात्मक तथा शक्तिशाली मार्वेल स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन् ।

यही कुरालाई विशेष ध्यानमा राखि युवा मार्वेल फ्यानहरुका लागि केही विशेष कोशेली दिने सोचका साथ मोर्वेल स्टुडियोजसंग यो सहकार्य गरेको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओको भनाइ छ ।

एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशनको रंग, स्पेस ब्ल्यू , चलचित्र एभेन्जर्सः ईण्डगेमबाट प्रेरित छ । फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओप्पोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ ।

परिवर्तनशील तथा रहस्यमय ब्रम्हाण्ड झैँ विचको स्टिल ब्ल्यूबाट दुबै तर्फ मिडनाइट ब्ल्यूमा फोनमा प्रयोग भएका रंग फिनिश, फरक फरक प्रकाशमा नाटकियरुपमा परिवर्तित हुन्छ ।

गाढा रातो मार्वेल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुति मात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विट्चलाई आकर्षक प्रस्तुति समेत दिन्छ ।

फोनको पछाडि रहेको ठूलो कट लोगो र क्यामेरा माथि रहेको सानो पूर्ण लोगोले फोनलाई अझ आकर्षक र प्रिमियम लुक्स प्रदान गरेको छ । फोनको अघिल्तिर कम्पनीले निकै आकर्षक पानोरामिक स्क्रिन उपलब्ध गराएको छ ।

फोनलाई अन गर्दा यसमा प्रस्तुत हुने वालपेपरमा रहेको चहकिलो मार्वेल्स एभेन्जर्स लोगोले सहजै जो–कसैलाई अकर्षित गर्छ ।

लिमिटेड ईडिशन अन्तर्गतका हरेक फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजता मात्र नभइ फोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनि प्रदान गर्छ ।

फोनको केन्द्रमा रहेको फिञ्गर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ । हेर्दा सुन्दर देखिनुका साथै यसले प्रयोगकर्तालाई भिडियो हेर्दा सहजताका साथै हातबाट फोन झर्ने सम्भावना न्यूनीकरणमा समेत सघाव पु¥याउँछ ।

एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिशनको प्याकेजिङपनि विशेष डिजाइन तथा क्राफ्टेड प्रिमियम ब्ल्याक कलरमा उपलब्ध गरिएको छ । कालो थर्मो प्रिण्टेड मार्वेल्स एभेन्जर्स लोगो निकै आकर्षक र प्रिमियम देखिन्छ। त्यसैगरी, हरेक बक्समा कलेक्टर्स तथा ईच्छुकका लागि स्ट्याम्प्ड कलेक्टर्स ब्याड्ज पनि उपलब्ध गरिएको छ ।

ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड ईडिसन फोनको मूल्य ४९ हजार ९ सय ९० रुपैयाँनिर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्र हुने कम्पनीले  जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...