हुम्लामा चिकित्सकको टोलीद्वारा तीन ठाउँबाट एकसाथ उपचार सुरु, थप एकको मृत्यु

डेढ सयभन्दा बढी बिरामी

हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा अज्ञात रोग फैलिएको गाउँमा थप एक जनाको मृत्यु भएको छ भने रोग प्रभावित क्षेत्रमा पुगेको औषधी सहितको बिशेषज्ञ चिकित्सकको टोलीले उपचार भने तीन ठाउँबाट एक साथ सुरु गरेको छ । चिकित्सकको टोली रोग प्रभावित क्षेत्रमा पुगे लगत्तै उपचार कार्य अगाडी बढाईनुका साथै रोगीहरुबाट नमूना संकलन गर्ने कार्य सुरु भएको छ ।

केही समय अगाडी देखि दम व्यथाले ग्रसित ताँजाकोट गाउँपालिका वडा नम्बर पाँच भदौराका ६२ बर्षकी पवित्रा बोहराको आईतबार राती मृत्यु भएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले जनाए । अब ताँजाकोटमा पत्ता नलागेको रोगबाट मृत्यु हुनेको संख्या दश पुगेको छ । अझै डेढ सयभन्दा बढी बिरामी भएको स्थानीय जगत शाहीले बताए ।

तीन वटा वडामा उपचार एकसाथ सुरु

गृह मन्त्रालय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयको पहलमा औषधी, ल्याव र विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर आईतबार पालिका केन्द्रमा मात्र उपचार गरेको भए पनि सोमबारबाट भने तीन वटा वडामा एक साथ उपचार सुरु गरेको स्वास्थ्यकर्मी मोतिलाल जैसीले जनाए । 

सोमबार बिहान शिविर संचालन ताजाँकोट गाउँपालिका वडा नम्बर १ को भैसामाझ, ३ को छप्रेला र चारको गोठेल बाडामा भएको हो । जसमा भैसामाझा २३७ जनाको उपचार भएको आरआरडी टिमका सम्पर्क व्यक्ति श्याम आचार्यले जनाए। छप्रेला गाउँमा १७५ जनाको उपचार भएको टिम लिडर डाक्टर केएन पौडेलले बताए । यी बिरामी पनि रुघाखोकी, ज्वरो आउने दमकै भएको तथा अन्य पनि भएको उनले उल्लेख गरे ।

यता गोठेलाबाडामा पनि १७८ जनाको उपचार भएको स्वास्थ्यकर्मी मोतिलाल जैशीले जनाए । आईतबार रोग प्रभावित क्षेत्रमा नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारको सहयोगमा औषधी, ल्याव र विशेषज्ञ चिकित्सक सहित आठ जनाको स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरमा आएको थियो । टोली आए लगत्तै उपचार सुरु भएको थियो । नमूना परीक्षण गर्न अझै केही समय लाग्ने भएको कारण अहिले नै रोगको बारेमा केही भन्न नसकिने उनले बताए ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...