सोमबारको मौसम : पूर्व र मध्य क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं ।  काठमाडौं उपत्यकासहित तराईमा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । तर सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । 

आइतबार बिहान र दिउँसो पानी नपरेकाले उपत्यकामा गर्मी बढेको छ । मौसमविहरुका अनुसार काठमाडौंको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

उपत्यका र तराईमा अत्याधिक गर्मी बढिरहेका बेला सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन पूर्वको समय भएकाले दिउँसो घाम लाग्ने तर बेलुका मेघगर्जनसहित पानी पर्ने सम्भावना भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । पूर्वमा भने दिउँसो पनि आशिंक बद्ली हुन सक्ने उनको भनाई छ । 

प्रतिकृया दिनुहोस