ढाँटेर नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

पर्सा । पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।

अदालतको कहिले दिने र कहिले रोक्ने आदेशका कारण पनि नागरिकता लिनेहरुको भिड बढेको हो । भिडका कारण नागरिकता लिनेहरुले पनि सास्ती खेपेका छन् । भिडमै विवरण ढाटेर नागरिकता लिन खोज्नेहरु पनि सक्रिय भएका छन् । यसरी नै विवरण ढाँटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीय पक्राउ परेका छन् । 

२०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।

बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाँटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताए । 


प्रतिकृया दिनुहोस