सिके राउतको पार्टी पुग्यो निर्वाचन आयोग

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । आइतबार राउत सहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । 

दल दर्ताका लागि निवेदन दिने केन्द्रीय सदस्यहरुको हस्ताक्षरको सनाखत समेत भएको छ । पार्टीको अध्यक्षमा डा. राउत हुनुहुन्छ भने केन्द्रीय समिति ३५ सदस्यीय रहेको छ ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको विधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ । जनमत पार्टीको मार्ग निर्देशक सिद्धान्तमा जनसंप्रभुत्ता, लोकतन्त्र, समाजिक न्याय र समाजवाद रहेको छ ।

प्रतिकृया दिनुहोस