विप्लवका क्षेत्रीय इन्चार्ज पक्राउ

बर्दिया । पछिल्लो समयमा नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति अनुदार बनेको सरकारले उसका कार्यकर्ता पक्राउको क्रममलाई तीव्र बनाएको छ । यसैक्रममा बर्दियाबाट क्षेत्रीय इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । 

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको हो । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको छ । 

चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस