झापामा सर्पदंशबाट एक जनाको मृत्यु

झापा । झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए। सर्पले डसेको थाहा पाए लगतै उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो। 

त्यहाँ उपचार संम्भव नभएपछि उनलाई थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएको र उनको त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस