संगीतकार बिजु बज्रको निधन

काठमाडौँ । संगीतकार बेजु बज्रको निधन भएको छ । उनको आइतबार हृदयाघातबाट काठमाडौँको सिभिल हस्पिटलमा निधन भएको हो ।

बज्रलाई बिहान साढे ११ बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्‍याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे १२ बजेतिर मृत घोषित गरिएको संगीतकार हरि लम्सालले जानकारी दिएका हुन् ।

संगीतकार लम्सालका अनुसार संगीतकार बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपछि भोलि नै अन्त्येष्टि गरिनेछ ।


प्रतिकृया दिनुहोस