एक दुई दिन केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

अरु ठाउँ भने सामान्यतया सफा

काठमाडौँ । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।


विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताइन् ।


उनका अनुसार पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ । 

प्रतिकृया दिनुहोस