ब्राजिलको बाँध भत्किदा अझै पनि ३७ वेपत्ता

रियो डे जेनेरो । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ ।     

     ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ । सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको ब्रुमादिनहोमा सो बाँध रहेको थियो ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...