वनारसबाट प्रधानमन्त्री मोदी आज उम्मेदवारी दर्ता गर्दै

नयाँ दिल्ली । वाराणसी लोकसभा सिटका लागि भारतिय प्रधानमन्त्री नेरेन्द्र मोदी आज उम्मेदवारी दर्ता गर्न जनाएको छ । लोकसभा निर्वाचन २०१९ अन्तर्गत मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

भारतीय जनता पार्टीका अनुसार सो क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादलसमेत एनडिएका नेताकार्यकर्ता चुनाव आयोगको कार्यलयमा उपस्थित हुने जनाइएको छ ।

सो क्षेत्रको चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ । मोदी चुनाव प्रचारका क्रममा पनि आफ्नो निर्वाचन क्षेत्रमा देखिएका थिए।

बिहीबार वनारसमा निकालिएको विशाल चुनावी र्‍यालीमा उनले सम्बोधन गरेका थिए।वनारसले चुनेको व्यक्तिले राष्ट्रिय राजनीतिमा प्रभाव छोड्नुपर्ने जिकिर गरे। वनासरका चुनाव यस्तो हुनुपर्छ कि देशका राजनीतिक पण्डितहरुले त्यसबारे किताव लेख्नका लागि मन बनोस् ।

यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएको थियो । तर, अन्तिम समयमा आएर प्रियंका सो क्षेत्रबाट चुनाव नलड्ने पक्का भएको पनि बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...