चीनको निर्माण साइटमा दुर्घटना, ११ जनाको मृत्यु

शिजिआजुआङ । उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए ।

हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...