अफगानिस्तानको काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन् । त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ । मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको थियो ।

सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको जनाइएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिइसकेको छैन । सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको जनाइएको छ । तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...