आँधीका कारण अमेरिकामा चारको मृत्यु

वासिङ्टन । आँधीका कारण संयुक्तराज्य अमेरिकाकाको मिसिसिपी र अलाबामा राज्यमा चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो । बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो । एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...