भारतका दुई युद्धपोत चीनतर्फ प्रस्थान

काठमाडौँ । अप्रिल २३ मा हुने सैन्य ड्रिलमा सहभागी हुन दुई भारतीय युद्धपोत चिन पठाइएको छ ।  चिनियाँ जल सेनाको ७० औँ वर्षगाँठको अवसरमा चीनको क्वीङडाओमा हुने ‘इन्टरनेसल फ्लीट रिभ्यु’ मा भाग लिन ती दुई भारतीय युद्धपोत त्यसतर्फ प्रस्थान गरेको  भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । 

भारतमा नै बनेको स्टेल्थ गाइडेड मिसाइल डिस्ट्रोयर आइएनएस कोलकाता र फ्लीट सपोर्ट आइएनएस शक्ति अप्रिल २१ मा चिनियाँ तटमा पुग्ने भारतीय जल सेनाले जनाएको छ ।  त्यसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले अवलोकन गर्नेछन् ।

पाकिस्तानले भने यसमा सहभागिता नजनाउने भएको छ ।  यसअघि पनि सन् २०१४ मा पनि भारतले चीनको जनमुक्ति सेना (पीएलए) को स्थापनाको ६५ औँ वर्षगाँठको अवसरमा आयोजित अभ्यासमा आफ्नो युद्धपोत चीनमा पठाएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...