अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ताको पहलः ट्रम्पले पठाए सन्देश

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच पुनः संवाद हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच संवादका लागि पहल सुरु भएपछि दुई मुलुकबीच पुनः वार्ताको सम्भावना बढेको हो ।


अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई संवादका लागि सन्देश पठाएका छन् । कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निःशस्त्रीकरण गराउने पहलस्वरूप राष्ट्रपति ट्रम्पले संवादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कूटनीतिक स्रोतलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत् पठाइएको सन्देशलाई उत्तर कोरियाली नेता किमसम्म पु¥याउन ट्रम्पले भनेको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस