पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । पब्जीमा सरकारले लगाएको प्रतिबन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश जारी गरेको हो । 

 पब्जी खेलले आत्महत्याको घटना बढेको भन्दै प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्देशन दिएका थिए । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दुरसञ्चार प्राधिकरणले बन्द गर्ने निर्णय गरेको थियो ।  त्यस उपर अधिवक्ता प्रवीण सुवेदीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रतिकृया दिनुहोस