भक्तपुरको एक फर्निचर कारखानामा शव भेटियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाँईको काठ फर्निचरमा एक युवकको शव भेटिएको छ ।

फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस