पेरुका पूर्वराष्ट्रपति गार्सियाद्वारा आफैंले आफुलाई गोली हानी आत्महत्या

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आफैले आफुलाई गोली हानी आत्महत्या गरेका छन् । घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन ।

आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पु¥याइएको थियो । बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गर्नुभएको छ । घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए ।

प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोक्दै फर्काएको थियो । गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो ।

तर उनले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए । यही आरोपमा प्रहरीले गार्सियालाई पक्राउ गर्न गएको थियो ।

गृह मन्त्री कार्लोस मोरनका अनुसार प्रहरीले पक्राउ गर्न जाँदा उनले फोन गर्छु भन्दै कोठामा पसेर ढोका बन्द गरेका थिए ।

त्यसको केही समयमै गोली चलेको आवाज आएको र प्रहरीले ढोका फोरेर हेर्दा उनले आफ्नो टाउकोमा गोली हानेको अवस्थामा भेटिएको गृहमन्त्रीले जनाएका छन् ।

गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए ।

राष्ट्रपति विजकारले एक टीव्ट गर्दै पूर्वराष्ट्रपतिको निधनले आफुलाई धक्का लागेको बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...