लोकसभा चुनाव: भारतमा दोस्रो चरणको चुनावमा १३ राज्यमा मतदान जारी

काठमाडौं  । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान हुँदैछ । बिहीबार १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९५ लोकसभा सिटका लागि मतदान भइरहेको हो । पहिलो चरणमा ९१ सिटका लागि मतदान भएको थियो । दोस्रो चरणमा बिहीबार असाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका लोकसभा सिटीमा मतदान हुँदैछ ।

तमिलनाडुको वेल्लोर सिटमा पनि बिहीबार मतदान हुने तय थियो तर निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले यो सिटको मतदान रोकेका छन् । डिएमके पार्टीका नेताको साथबाट ठूलो मात्रामा नगद बरामद भएपछि मतदान रोकिएको हो । ५४३ लोकसभा सिटमा मतदान सम्पन्न भएपछि आउँदो मे २३ मा एकसाथ मतगणना हुनेछ ।

यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो । भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको जनमतसंग्रहका रुपमा पनि लिइएको छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १।३४ बिलियन भन्दा बढि छ र चाँडै नै १।३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ । सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।

अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।

पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी ९बिजेपी० ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो । मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।

केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...