अग्नि नियन्त्रणका लागि गरेको संघर्षको प्रशंसा

पेरिस । फ्रान्सका उपगृहमन्त्री लरेन्ट न्यूनेजले पेरिसस्थित गिर्जाघरमा लागेको आगो नियन्त्रणमा अग्नि नियन्त्रक र कर्मचारीले गरेको कामको प्रशंसा गरेका छन् ।

उपगृहमन्त्री लरेन्टले ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघरमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र कर्मचारीले गरेको १५ देखि ३० मिनेट लामो संघर्ष निकै प्रशंसायोग्य भएको बताएका हुन् ।

आफ्नो ज्यानको पर्वाहसमेत नगरी अग्नि नियन्त्रक र कर्मचारीले गरेको संघर्षकै कारण गिर्जाघरमा लागेको आगो नियन्त्रणमा लिन सफल भएको उनको भनाइ थियो । सबैको साथ र सहयोगकै कारण गिर्जाघरका ढुंगा र यसका दुई वटा टावर सुरक्षित बनेको उनले बताए ।

यो गिर्जाघरमा कसरी आगो लागे भन्नेबारे भने अहिलेसम्म खुलासा भएको छैन । उनले आगलागी नियन्त्रणमा आएको भए पनि अझै ४८ घण्टासम्म प्रहरी र अग्नि नियन्त्रकको टिम सुरक्षाका लागि खटिने जानकारी दिए ।

गिर्जाघरमा जीर्णोद्धारको काम भइरहेका बेला हिजो आगलागी भएको थियो ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले नोट्र डाम गिर्जाघरको पुनर्निर्माणको काम पाँच वर्षमा सक्ने घोषणा गरेका छन् । उनले टेलिभिजनमार्फत् सम्बोधन गर्दै गिर्जाघरलाई पाँच वर्षभित्र पुनर्निर्माण गरेर अहिलेको भन्दा सुन्दर बनाउने घोषणा गरेका हुन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...