प्लेस्टोर र एपस्टोरबाट टिकटक हटाउन भारत सरकारको निर्देशन

नयाँ दिल्ली । भारत सरकारले प्ले स्टोर र एप स्टोरबाट टिकटकलाई हटाउनको लागि निर्देशन दिएको छ । भारत सरकारको इलेक्ट्रोनिक तथा सूचना प्रौद्योगिक मन्त्रालयले एपल र गुगलको एपस्टोर र प्लेस्टोरबाट टिकटक हटाउन निर्देशन दिएको हो ।


यस अघि मद्रासको उच्च अदालतले सरकारलाई टिकटकले सांस्कृतिक विचलन ल्याएको र समाजलाई असर गरेको भन्दै यसमाथि प्रतिबन्ध लगाउनको लागि आदेश जारी गरेको थियो ।


त्यसको विरुद्धमा टिकटकको पक्षधरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पनि मद्रास उच्च अदालतको सो आदेश सदर हुने गरी आदेशको विरुद्धमा परेको मुद्दा खारेज गरिदिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...