विद्ययक समितिमा पठाएको केहि समयमै बैठक ठप्प

हेटौँडा । प्रदेश ३ प्रदेशसभाको मंगलबार बसेको बैठक करिब आठ मिनेट बसेर स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा यसअघि सदनमा पेश भएका चारवटा विधेयकमाथि दफाबार छलफलका लागि समितिमा पठाइएको हो ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन समितिमा पेश गरेका थिए । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको प्रोदेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।
मन्त्री दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफाबार छलफलका लागि पठाइएको छ ।
प्रदेश ३ का भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रस्तुत गरेको प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको जानकारी दिएका  छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...