किम र पुटिनबीच अर्को साता भेटघाट हुन सक्ने

Kim

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखरवार्ता अर्को हप्ता गर्न सक्ने सम्भावना छ । चीनमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा पुटिनले किमलाई भेट्न सक्ने स्रोतहरूले बताए ।

‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रिल २४ मा सुदूरपूर्वी क्षेत्रको भ्रमण गर्ने अपेक्षा छ,’ एक स्रोतले दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई बतायो । ‘रुस र उत्तर कोरियाबीचको शिखरवार्ता त्यतिखेर हुने सम्भावना उच्च छ ।’

चीनमा हुन लागेको वान बेल्ट, वान रोड फोरममा भाग लिएपछि पुटिनले उत्तर कोरियाको उत्तरपूर्वी भागसँग सीमा जोडिएको सुदूरपूर्वी क्षेत्रको भ्रमण गर्ने सम्भावना छ । बेल्ट रोड सम्मेलन बेइजिङमा अप्रिल २६ र २७ मा हुन गइरहेको छ । 

अर्को स्रोतले चाहिँ पुटिन र किमबीचको शिखरवार्ता बेइजिङ फोरमभन्दा अघि वा पछि हुनसक्ने अनि उत्तर कोरियालीहरूले यसका लागि तयारी गर्न थालेको संकेत पाइएको छ ।  

क्रेमलिनले शिखरवार्ताको तयारी भइरहेको पुष्टि गरेको छ तर यसका बारेमा थप जानकारी दिन चाहेन । रुस र उत्तर कोरियाका वरिष्ठ अधिकारीहरू हालैका दिनमा एकअर्काको राजधानी गएको देखिएका कारण पुटिन र किमबीचको शिखरवार्ता हुन लागेको अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...