सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ

Sudan

काठमाडौं । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो ।

सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो ।

सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् । यसैबीच सेनाका प्रवक्ता मेजर जनरल शाम्स अद–दिन सान्तोले पत्रकार सम्मेलन गरी नागरिक सत्ता स्थापनाका लागि सेना तयार रहेको बताए ।

उनले नागरिक सरकारका लागि सबै प्रदर्शनकारी र विपक्षीहरु एक हुनुपर्ने बताए । सबैको सहमति नभए नागरिक प्रधानमन्त्री घोषणा गर्न नसकिने उनको भनाइ थियो । उनले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न सेनाले नचाहेको भन्दै प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न आह्वान गरे ।

सैन्य परिषद्ले सेना र प्रहरीमा नयाँ प्रमुख नियुक्त गर्ने, राष्ट्रिय गुप्चतर र सुरक्षा निकायमा नयाँ प्रमुख बनाउने, भ्रष्टाचार नियन्त्रणबारे छानबिन गर्न समिति गठन गर्ने घोषणासमेत गरेको छ । उसले पक्राउ परेकाहरुलाई रिहा गर्नेसमेत जनाएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...