मौसम : बिहानैदेखि बदली, दिनभरको मौसम कस्तो रहला ?

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

Mausam fsabdroyqv

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ भने केही ठाउँमा बिहानै पानी पनि परेको थियो । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्र र देशको मध्य पहाडी इलाकामा दिनभर आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिनभरजसो आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

पश्चिम पहाडी क्षेत्रको मौसम भने सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । केही ठाउँमा पानी पर्ने सम्भावना पनि छ । विशेष गरि तराई क्षेत्रमा अपराहन्नपछि हुरीबतास चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...