सुडानमा सैन्य कू, विरोधमा कर्फ्यु तोडेर हजारौँ मानिस सडकमा

Sudan

सुडान । सुडानमा सैनिक कू भएको छ । सैनिकले सत्ता आफ्नो नियन्त्रणमा लिँदै तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेको जनाएको छ । तर सैनिक शासनको विरोधमा हजारौँ सुनाडी प्रदर्शनमा उत्रिएका छन् ।

राष्ट्रपति ओमरको विरोधमा पािछल्लो महिनादेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको भन्दा फरक नहुने भन्दै सडकमा प्रदर्शन गरेका हुन् ।

हजारौँ प्रदर्शनकारी राजधानी देशको नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु तोड्दै राजधानी खर्तोउमको सडकमा उत्रिएका छन् । उनीहरुले प्रजातान्त्रिक शासनको ग्यारेन्टी नभएसम्म सडकमै बस्ने बताएका छन् ।

सैन्य काउन्सिल पनि ओमरकै शासन सत्ता भित्रै रहेकाले त्यसको विरोध गरिएको प्रदर्शनकारीले उल्लेख गरेका छन् ।

सैन्य कू पछि सुरु भएको नयाँ विरोध प्रदर्शनले सेना र प्रदर्शनकारीबिच हिंसात्मक झडप हुने खतरा बढाएको छ । यस्तै सुरक्षा निकायबिचमै हिंसा हुन सक्ने खतरा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...