भाजपा समर्थित 'नमो टिभी' ले गर्यो चुनावी आचार संहिता उल्लंघन

Namo

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजपा) समर्थित सामग्री प्रसारण गर्दै आएको भारतीय टेलिभिजन नमो टिभीले चुनावी आचार संहिता उल्लंघन गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई नमो टिभीका सामग्रीमा निगरानी गर्न आदेश दिएको छ । निर्वाचन आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई आदेश दिएको छ कि, प्रमाणित नगरि कुनै पनि चुनावी सामग्री प्रसारित नहोस् ।

मिडिया सर्टिफिकेशन एण्ड मोनिटरिंग कमिटि (एमसिएमसी) बाट प्रमाणित भएका सामग्री मात्रै नमो टिभीबाट प्रसारण गर्न दिन निर्वाचन आयोगले भनेको छ । नमो टिभीमा प्रसारित सामग्री आफ्नो अनुमति बिना नै प्रसारण भएको पुष्टि दिल्ली निर्वाचन आयोगले गरेको थियो ।

नमो टिभी एक राजनीतिक पार्टीबाट प्रायोजित रहेकाले यसका सामग्रीमा नियमन गर्नु पर्ने निर्वाचन आयोगको भनाई छ । अनुमति नलिइएका सामग्री जो अहिले प्रसारण भइरहेका छन्, त्यसलाई तत्काल रोक्न पनि आयोगले भनेको छ ।

भाजपाका नेताले यो टेलिभिजन नामो एप्लिकेशनको भाग रहेको बताएका थिए । तर मार्च २८ देखि यो टेलिभिजन डिटिएच प्लेटफर्ममा प्रसारण हुन थालेको थियो । यो टेलिभिजन विरुद्ध कांग्रेस र आम आदमी पार्टीले चुनाव आयोगमा उजुरी दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...