भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले मतदान गर्ने

अन्तिम मतदान मे १९ तारिखमा हुने

Rahul gandhi narendra modi

काठमाडौं । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।  १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिकाभन्दा चार गुणा ठूलो हो । यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

१० लाख मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको छ । मे २३ देखि मतगणना गरिने छ । भारतले पहिलो आम चुनाव ब्रिटेनबाट स्वतन्त्र भएपश्चात् सन् १९५१ मा गरेको थियो ।

निर्वाचनका लागि ठूलो संख्यामा कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको छ । कम्तिमा २ सय ७२ स्थानमा विजयी हुने दलले आगामी सरकारको नेतृत्व गर्ने छ ।

सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी २८२ सिट जितेको थियो भने भारतीय काँग्रेसले केवल ४४ सिट सुरक्षित गरेको थियो ।

यसपटक प्रधानमन्त्री मोदीको टक्कर विपक्षी कंग्रेस नेता राहुल गान्धीसँग भइरहेको छ ।

केही महिना अगाडिसम्म मोदी तथा उनको दल भाजपाले चुनाव सहजै जित्ने ठानिन्थ्यो तर डिसेम्बरमा भएका केही महत्वपूर्ण क्षेत्रीय चुनावहरूबाट प्रतिस्पर्धा कडा हुने सङ्केत देखा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...